स्याङ्जामा गोली चल्यो, १० घाइते, ३१ जना पक्राउ

भवानी अधिकारी: स्याङ्जा : 
स्याङ्जाको ठूलाडिहीस्थित जनता उच्च माध्यमिक विद्यालयबाट हटाएका प्राचार्य खुमबहादुर रानाको पुनरवहाली माग गर्दै जिल्ला शिक्षा कार्यलय घेराउ गर्नेक्रममा मंगलबार झडप भएको छ र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
विद्यार्थी, शिक्षक र अभिभावकको समूह जबरजस्ती प्रहरीको घेरा तोड्दै जिल्ला शिक्षा कार्यालय प्रवेश गर्न खोज्दा भएको झडपमा ३ सुरक्षाकर्मी सहित १० जना घाइते भएका छन्। प्रहरीले सरकारी कार्यालय भित्र प्रवेशगरी जबरजस्ती गर्न खोजेको र प्रहरीमाथि घातक आक्रमण गरेको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएको छ।
घाइते हुनेमा सिमा क्षेत्री, लोकराज खनाल, नविन आले लगायत ३ जना विद्यार्थी घाइते भएको नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाका अध्यक्ष यामबहादुर कुवरले जानकारी दिए । यसैगरी, सुरक्षाकर्मीतर्फ प्रहरी जवानहरु रबिन्द्र यादव, मीनबहादुर कार्की र हेमन्त राज दवाडी रहेका छन्।
स्थानीय जनता उच्च माध्यमिक बिद्यालय ठूलाडिहीका प्राचार्य खुमबहादुर रानालाई एक साताअघि बर्खास्तगरी चिरन्जीवी लम्साललाई प्राचार्य पदमा नियुक्त गरिए लगत्तै विवाद सुरु भएको थियो।रानाको पुर्नवहालीको माग गर्दै जिल्ला शिक्षा कार्यालय घेराउ गर्न आइपुगेका बिद्यार्थी, अभिभावक र एमाले निकट शिक्षक संगठनका करिब सय शिक्षकहरु शिक्षा कार्यालय भित्र प्रवेश गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।
आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले भिड नियन्त्रणका लागि लाठी चार्ज गरेको थियो । त्यसबाट पनि भिड नियन्त्रण नभएपछि प्रहरीले एक राउण्ड रवर गोली र ६ राउण्ड अश्रृग्यास प्रयोग गरेको प्रहरी निरीक्षक वेदप्रसाद वरालले जानकारी दिए।
करिब २ बर्षअघि जनता उमाबिका तत्कालीन प्राचार्य खेमनारायण दोरंगाले स्वेच्छिक अवकास पाएसंगै सो बिद्यालयमा प्रधानाध्यापक नियुक्तमा विवाद चल्दै आएको थियो। यसअघि सोही बिद्यालयमा खुमबहादुर रानाले प्रधानाध्यापक भई कामकाज चलाउदै आएका थिए। यसैबीच, धेरै समयदेखि प्राचार्य नियुक्तमा विवादित सो बिद्यालयमा शिक्षक संघ, संगठन र युनियनको सहमति अनुरुप आफुले चिरन्जीवी लम्साललाई सरुवा गरिएको बताउछिन शिक्षा अधिकारी संगीता रेग्मी ।
- Src: http://www.annapurnapost.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers