जाजरकोट, असोज १
खलंगा २ स्यालाका २८ वर्षीय तिलक सुनारले योजनाबद्ध ढंगले एक युवती प्रयोग गरेर फर्जी बलात्कार घटनामा आफन्तलाइ नै फसाउन खोजेको आरोप लगाएका छन् । आजको कान्तिपुर दैनिक लेख्छ, ती युवतीले तिलकविरुद्ध जाहेरी दिएपछि उनले अनाहकमा प्रहरी खोरमा ३ रात बिताउनुपरेको छ ।
तिलक भने न्यायका लागि अधिकारकर्मी गुहारिरहेका छन् । रुकुम १ खलंगाकी १८ वर्षीया युवतीले उनीबिरुद्ध जर्वजस्ती करणीको झुटो जाहेरी दिएकी थिईन ।
ती युवतीले अर्कोपक्षबाट १ लाख हात पार्ने प्रलोभलमा झुटो जाहेरी दिएकी थिईन । खलंगा २ स्याँला घर भइ रुकुमको खलंगा १ जाजरकोटी रविन ज्वेलर्स संचालन गर्दै आएका रबीन कुमार दम्पत्तीको मिलेमतोमा फसाउने योजना बनाएको तिलकको आरोप छ ।
0 comments:
Post a Comment