युवतीको जवानीसंग खेल्दै रकम असुल्ने पक्राउ

प्रेम सुनार
गुल्मी, असोज ७ – कतिपय पुरुषहरु युवतीहरुको जवानी संग खेल्नका लागि सम्पत्ती उडाउने गरेको सुनिन्छ । त्यस्तै कतिपय महिलाहरु धन आर्जनका लागि देह व्यापार गर्ने गरेको पनि पाईन्छ । पुरुषहरुले भने धन आर्जनका लागि युवतीहरु संग शारीरिक सम्वन्ध राख्ने गरेको विरलै सुन्न सकिन्छ । यस्तै भएको छ यहाँ । यहाँका एक युवाले माया प्रेमको ढोंग रच्दै युवतीको जवानी संग खेल्दै लाखौं रकम अशुली गर्ने गरेको खुलासा भएको छ ।
गुल्मी क्षेत्र नम्वर १ को विशुखर्क गाविस वडा नम्वर ६ का धर्म परियार भन्ने श्याम दर्जिले त्यसो गर्ने गरेको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए । निजले तुराङ्गकी २२ वर्षिया प्रविणा थापा ( नाम परिवर्तन) लाई गत एक वर्ष देखि प्रेम जालमा पारेर ठगी गरेको पिडितले उजुरी दिए पछि निजलाई पक्राउ गरी हिरासतमा लिएको उनले जानकारी दिए । आफ्नो जात क्षेत्री हो भन्दै ढाँटेर थापा संग दर्जिले मायाँ प्रेमको ढोग रचेर एक वर्ष भित्रमा विवाह गर्छु भन्दै पटक पटक गरी उनले ४ लाख १० हजार उनिबाट अशुलेको प्रहरी प्रमुख श्रेष्ठ बताउँ छन् ।
उनको नागरिकतामा वास्तविक नाम रहेको छ– श्याम दर्जि । उनले आफुलाई धर्म परियारका रुपमा परिचय दिने गरेका थिए तर पछिल्लो चरण उनि दर्जि , परियार हुँदै विज्ञान के.सी. परिचय दिएर थापाकी छोरी प्रविणासंग विवाह गर्ने प्रलोभन देखाएर उक्त रकम ठगेको पाईएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
उनी गत बैशाख महिनामा कतार उडे । कतारमा कहिले सर्पले टोक्यो भन्दै त कहिले अष्ट्रेलियाको भिषा लागेको छ भन्दै प्रेमीकालाई फोन गरेर पैसा मगाउन थाले । यता प्रविणालाई घरमा विवाहका लागि केटा माग्न आए । यो कुरा प्रविणाले कतारमा रहेका उनै प्रेमीलाई जानकारी गराईन् । दर्जिले तिमी विना बाँच्न सक्दीँन, यदि तिमीले अन्यत्र विवाह ग¥यौं भने तिमीहरु दुवै जनालाई मारी दिन्छु भने पछि उनले विवाह गर्न सकिनन् । त्यस लगत्तै दर्जि कतारबाट फर्किए ।
अष्ट्रेलिया जानका लागि भिषा तयार भयो पैसा ल्याई काठमाण्डौ आउ भनेर बालाए । वावु संग १ लाख १० हजार मागेर प्रविणा काठमाण्डौ गईन् । त्यहाँ उनि केहि दिन वसेर जवानी र पैसा दुवै लुटाईन् । पछि उनिहरु तम्घास आएर कोठामा वसे । उता प्रविणा संग छलेर घर गएका दर्जिले श्रीमति संग प्रविणा विचको सम्वन्ध सवै बताए । त्यो कुरा उनकी श्रीमतिले ् तुराङ्गस्थित प्रविणाका वावुसंग बताइन् । वावु सहित स–परिवारमा पिडा भयो ।
वावुले उनि दर्जि भएको र विवाहित पुरुष रहेको कुरा छोरी संग बताए पछि प्रविणा छाँगाबाट खसे जस्तो भईन् । अझै पनि उनले होईन हामीलाई छुटाउनका लागि झुटो कुरा गरेका हुन् भन्दै प्रविणालाई छल्ने कोशिस गरे । आफ्नो असलियत खुल्ने डरले केही काम परेको छ भन्दै कोठाबाट हिडेका दर्जि गायव भए । यि सवै कुराहरु यहाँ स्थित रेडियो कार्यक्रम ओझेलका खवरमा प्रविणाले व्यक्त गरेकी छन् ।
उनि संग विवाह सम्वन्ध हुने भने पछि हुनेवाला ज्वाईको भविश्यका लागि प्रविणाका वावुले छोरीले भनेको रकम पटक पटक खोज्दै दिदै गरेको बताईएको छ । अविवाहित हुँ भनेर ढाँटेका दर्जिको घरमा श्रीमति र छोरा छोरी समेत भएको प्रविणालाई पछि मात्र थाह भयो । उनले विशुखकर्मा पुर्खेयौली घर मात्र भएको र वुटवलमा पक्की घर भएको भनेर समेत ढाँटेको प्रविणाले बताईन् ।
उनि विरुद्ध ठगी मुद्धा अदालतमा दायर गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । उनि हेर्दा निकै आकर्षक युवा देखिन्छन् । उनको लवाई खुवाई पनि फिल्मी हिरोको जस्तै रहेको छ । झट्ट हेर्दा उनलाई युवतीहरुले विवाहित पुरुष होला भनेर अनुमान गर्न सक्दैनन् । उनि वौद्धिक र खानदानी परिवारका जस्तै देखिन्छन् ।
यस्तो वाहिरी देखावटीका पछाडी लाग्ने प्रविणा जस्ता थुप्रै युवतीहरु यसरी पीडित हुँदै आएका छन् । यसर्थ तपाई पनि विपरित लिङ्गको पारिवारिक पृष्ठभुमी, उसको वानी व्यवहार र आचरण राम्ररी नवुझी अन्धो प्रेममा नफस्नुहोस् भनेर आम महिलाहरुलाई सुझाव दिन्छन् प्रहरी प्रमुख श्रेष्ठ । उनको यो सुझावलाई गम्भीर भएर सवैले ग्रहण गर्ने कि ?
- Source: http://www.ratopati.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers