रोगसँग लड्ने क्षमता बढाउन के गर्ने ? गज्जबका टिप्स

मानिस स्वस्थ रहनु निकै आवश्यक हुन्छ । स्वस्थ रहेमात्र मानिसले आफ्ना कार्यलाई चुस्त र सही तरिकाले गर्न सक्छ । स्ट्रेस र तनावका कारण मानिसको जीवनमा निकै असर पर्ने गरेको छ । केही मानिसहरू आजको समयको माग भनेर त्यसलाई अपनाउने गरेका छन् र बिमारीलाई अंगाल्ने गरेका छन् । तर, मानिसले आफ्नो दैनिक जीवनलाई जसरी राख्छ आफ्नो स्वास्थ्य पनि त्यस्तै हुन्छ । त्यसैले आफूलाई सकेसम्म स्वस्थ राख्न र रोगको प्रतिरोधी क्षमतालाई बृद्धी गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ । ती मध्ये केही यस्ता छन्ः

१. डाइट प्लानः 
स्वस्थ र फिट रहनका लागि डाइट सही हुनु आवश्यक हुन्छ । हाम्रो शरिरको बनावट डाइटमा निर्भर रहन्छ । शरिरलाई फिट राख्नका लागि पौष्टिक खाना खानु आवश्यक हुन्छ । यदी मानिसले आफ्नो लाइफस्टाइल परिवर्तन गर्ने सोच बनाउँछ भने पहिले आफ्नो खानपानमा ध्यान दिनु जरूरी हुन्छ । डाइटमा प्रयोग गर्ने चीजहरूले मानिसको रोग प्रतिरोधी क्षमतालाई बृद्धी गर्छ । यसका लागि भिटामिन बी, सी, ई, ए, जिंक फुड, सेलेनियम फुड, लसुनको प्रयोग गर्नु पर्छ ।

२. राम्रो निन्द्राः
 हाम्रो शरिरमा सुतेको बेलामा हर्मोनको उत्पादन निकै धेरे हुने गर्छ, त्यसैले तनावलाई कम गर्नका लागि आवश्यक मात्रामा निदाउनु जरूरी हुन्छ । मानिस जति सुत्छ, उती नै तनावबाट छुटकारा पाउन सफल हुन्छ । यदी मानिस दैनिक ७ घण्टा भन्दा कम सुत्छ भने मानिसको प्रतिरोधी क्षमता कमजोर हुन्छ र शरिरमा रोगले चाँडै आक्रमण गर्न सक्छ ।

३. दैनिक व्यायामः 
आफूलाई एक्टिभ र तन्दुरूस्त राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ । व्यायाम गर्नाले मानिसको ब्लड सर्कुलेशन, इम्युन सिस्टमको कार्यलाई सही तरिकाले काम गर्न मद्धत गर्छ । यसका साथै, एक्सरसाइज गर्नाले मानिसको शरिरमा हर्मोनको उत्पादन सही ढंगले हुन्छ । यसले मानिसको ब्लड प्रेसर र मुड सही रहन्छ र मानिस दिनभर एक्टिभ रहन्छ ।

४. तनावको कमीः 
हाम्रो शरिरलाई सबैभन्दा बढि प्रभावित गर्ने चीज हो स्ट्रेस अर्थात् तनाव । तनाव बढ्नाले शारीरिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुन्छ । तनाव कम गर्नका लागि दैनिक बिहान १५ मिनेटसम्म मेडिटेशन गर्ने र व्यायाम गर्नुपर्छ । तनावलाई कम गर्नका लागि कुनै न कुनै खेल खेल्नु राम्रो हुन्छ । तनावलाई कम गर्नका लागि खेलको विषेश महत्व हुन्छ ।

५. हास्ने र हसाउनेः 
जीवनको जुनसुकै अवस्थामा पनि कहिल्यै निराश नहुनुस् । आफूलाई फिट र स्वस्थ राख्नका लागि सकेसम्म धेरै हास्नुस्, हाँसोले तनावको स्तर कम हुन्छ र शरिरको प्रतिरोधी क्षमताको बृद्धी हुन्छ ।
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers