आजको राशिफल/वि.सं. २०७१ आश्विन २४ गते शुक्रबार

आजको पञ्चाङ्ग
वि.सं. २०७१ आश्विन २४ गते शुक्रबार तदनुसार ई. सं. २०१४ अक्टोबर १० तारिख,
प्लवङ्ग नामक संवत्सर, शाके : १९३६, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. : ११३४, (कौलागा)

आजको राशिफल
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज गरिएको क्रियाकलापले दीर्घकालिक नकारात्मक असर पर्नसक्छ, त्यसैले बुद्धि पुर्याएर काम गर्नुपर्छ । आफ्नै विचार र योजनालाई परिवर्तन गर्नुपर्ने बाध्यता सिर्जना हुन्छ । अरूअरुले सहयोग गर्लान् भन्ने नचिताए पनि हुन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्याले निराश तुल्याउन सक्छ । तपाईंले गरेका सम्पूर्ण मिहिनेत र परिश्रमको प्रतिफल अरुले नै प्राप्त गर्ने सम्भावना ेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा मनोमालिन्य हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज गरिएको धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापबाट व्यक्तिगत सम्मानमा हानि पुग्न सक्छ । साँझपख अशुभ कुराको सङ्केत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हाँसखेल र मनोरञ्जनको इच्छा जागेपनि त्यसका लागि समय र धनको जोहो हुन सक्दैन । घरपरिवारमा मतभिन्नता बढ्नसक्छ । घरका विपरीतलिंगी नातेदारको स्वास्थ्यमा समस्या आउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शत्रुहरूले तपाईंको चियोचर्चो गर्नेछन् । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन ,व्यर्थै खेर जान सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । दैनिक कामधन्दामा समय प्रदान गर्न सकिने छैन । अनायासै खर्च बृद्धि हुने सम्भावना छ । सामाजिक क्रियाकलापले खिन्नता बढ्ने छ । नजिकका मित्रसित मनमुटाव हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा हानि पुग्नसक्छ । परिवारमा बेकारका मानिसहरुको चाप बढ्न सक्छ । तर तिनको आवाभगतमा समय बित्नेछ । मातापिता वा मान्यजनसँग विवादको सम्भावना पनि छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Source: केछखबर
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers