जिउँदो श्रीमानलाई मरेको भन्दै मृत्युदर्ता गरेपछि…

दीपकसंगम थापा
रुकुम, असोज ३१ – मान्छेले धनका लागि के–के गर्दोरहेछ भन्ने कुरा रुकुमको एउटा घटनालाई हेरे पुग्छ । धनकै लागि रुकुममा एउटा अचम्मको घटना सृजना भएको छ । रुकुम बाँफिकोट २ छिनखेत निवासी ५३ वर्षीय रुद्र बहादुर मल्ल जीवित छन् तर उनलाई कानुनी रुपमा मृत्यु गराईएको छ । यसरी जीउँदो मान्छेलाई कानुनी रुपमा मृत्यु गराउने अरु कोही नभएर उनकै श्रीमती बलकुमारी मल्ल हुन् । उनले श्रीमान रुद्र बहादुर मल्ल ०६२ असारमा भारतमा गएको मौका छोपी मृत्यु दर्ता गराएकी हुन् । श्रीमतीले २०६३ साल माघमा आफ्नो मृत्यु दर्ता गरेको रुद्र मल्लले देखेसो पोखे ।

श्रीमती बलकुमारीले पैसाकै लागि जग्गा बेच्न आफ्नै श्रीमानलाई मरेको भन्दै झुटो मृत्यु दर्ता गरेकी हुन् । श्रीमती बलकुमारी पनि कति बाठी ? आफ्नो श्रीमान कमाउन भनी भारत गएको मौका छोपी गाविस कार्यालयमा गई मृत्यु दर्ता गराएकी हुन् । श्रीमती बलकुमारीले श्रीमानलाई मृत्यु दर्ता मात्र गराइनन् उनले छिनखेतमा रहेको जग्गा पनि बिक्री गरिसकेको श्रीमान रुद्र बहादुर मल्लले बताए ।

आफ्नै श्रीमतीले आफूलाई मृत्यु भएको भनी जग्गा बेचेको देख्दा श्रीमान रुद्रबहादुर मल्ल भने छांगाबाट खसेजस्तै भएका छन् । न्यायको लागि सदरमुकाम खलंगामा आएका रुद्रले भने– श्रीमतीले यस्तो गर्लिन् भन्ने म कल्पना पनि गर्न सक्दिनँ, तर उनले यसो किन गरिन् ? म आफैँलाई थाहा छैन, रुद्रले दुखेसो पौख्दै भने । श्रीमान–श्रीमती मिलेर घरजम गरि खाउँला, जीवन सँगै काटौँला भनेर पो बिहे गरिएको हो, यसरी मार्न त गरिएको होईन नी ? उनले प्रतिप्रश्न गरे ।

अहिले न्यायको लागि श्रीमान रुद्र बहादुर मल्लले अदालतमा मुद्दासमेत दिईसकेको बताए । नेकपा माओवादी समर्थित मल्ल आफूलाई थप केही हुने डरले हालै नेपाली काँग्रेस रुकुममा पार्टी प्रवेश पनि गरेका छन् । उनलाई नेपाली काँग्रेस रुकुमका सह सचिव भिमबहादुर खड्काले अविर आवरण गरेर पार्टी प्रवेश गराएका हुन् ।

यसरी आफ्नै श्रीमतीले श्रीमानको मृत्यु दर्ता गरी जग्गा बेच्नुको मुख्य कारण भने श्रीमान रुद्र बहादुर मल्लले कान्छी श्रीमती बिहे गरेको कारण आवेगमा आई मृत्यु दर्ता गरेको हुन सक्ने बताईएको छ । श्रीमान रुद्रबहादुर मल्ल अहिले कान्छी श्रीमतीसँगै बस्दै आएका छन् ।- Source: http://www.ratopati.com
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।

ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers