मलेसियामा गर्भपतन गराउने नेपाली चेलीलार्इ १० वर्ष जेल

कठोर मलेसियन कानूनको मारमा महिला कामदार
३१ असोज,  मलेसिया । गर्भपतन गराएको अभियोगमा एक नेपाली महिलालाई मलेसियाको अदालतले १० बर्ष कैदको सजायँ सुनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भ पतन गराउँदा यस्तो कठोर सजायँ भोग्नुपरेको हो ।

तामान सिकुस्थित एक पोलक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा २४ बर्षीया निर्मला थापालाई ९ अक्टोबर दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको बताएको छ ।

सोमबार यस्तो सजायँ पाएकी थापाले मलेसियन भाषामा लेखिएको सजायँ आफूले नबुझेको बताइन् । स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त सजायँ नबुझ्ने भाषामा भएपछि नेपाली द्वोभाषे सहित १२ नोभेम्बरमा निर्णय पुनर्बिचारका लागि मौका दिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

मलेसियाको कानुन अनुसार भरखर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैदको ब्यवस्था छ ।

पेनाङ्ग राज्यको एक फ्याक्ट्रीमा कार्यरत थापाले कसको गर्भ हो भन्ने स्पष्ट नखुलाएको प्रहरीको भनाइ छ ।
मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको एक श्रोतले बताएको छ । श्रोतका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुलाई यो पीडाले बढि सताउने गरेको छ ।

यहाँ दिनहुँ यस्ता समस्या समाधानका लागि गर्भ तुहाउने औषधिको खोजीमा गर्ने या लुकीछिपी गर्भपतन गराउने महिलाहरु मेडिकलमा धाउने गरेको बताइन्छ। -तस्वीरः दस्टार अनलाइन
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers