धनगढी, १२ मंसिर, पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अरु २८ जना घाईते भएका छन । जसमध्ये ९ जनाको अवस्था गम्भीर छ ।
धनगढीबाट महेन्द्रनगरतर्फ गईरहेको म १ ख ४१५ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालक दैजी घरका भएका सुरेश थापाको घटनास्थलमै र कञ्चनपुरको देखतभुली गाविस ८ की ५३ वर्षिय भागरथी विकको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अविनारायण काफ्लेले जानकारी दिनुभयो । बसको ढोकामा रहेका सह चालकको बसले च्यापिएर मृत्यु भएको हो ।
घाईते मध्ये एक जनाको सेती अञ्चल अस्पतालमा र बाकीको अत्तरियाको पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । गुडिरहेको बसको पछाडीको चक्का खुस्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । चक्का खुस्केपछि बस राजमार्गबाट झण्डै २५ फिट ओरोलो हुँदै पल्टिएको डिएसपी काफ्लेले बताउनुभयो ।
0 comments:
Post a Comment