ढाड दुख्ने समस्या भएकाका लागि उपयुक्त सेक्स पोजिसन

एजेन्सी । ढाड दुख्ने समस्या भएकाहरुका लागि खुशीको खबर । वैज्ञानिकहरुले यस्ता समस्या भएका पुरुषहरुका लागि उपयुक्त सेक्स पोजिशन पत्ता लगाएका छन् ।
क्यानडाका अनुसन्धानकर्ताका अनुसार ढाड दुख्ने समस्या भएकाहरुका लागि ‘डग्गी स्टाइल’ सबैभन्दा उपयुक्त आसन भएको पत्ता लगाएका छन् । युनिभर्सिटी अफ वाटरलू ओन्तारियोका वैज्ञानिकहरले सेक्सका क्रममा कसरी मेरुदण्ड चलायमान हुन्छ भन्नेबारेमा दस्तावेज नै तयार पारेका छन् । अनुसन्धानकर्ताहरुले इन्फ्रारेड र इलेक्ट्रोम्याग्नेटिकको माध्यमद्वारा सेक्सका क्रममा कसरी शरीर चलायमान हुन्छ भन्ने बारेमा अनुसन्धान गरेका थिए । यसका लागि उनीहरुले १० दम्पत्तिले प्रयोग गरेका प्रचलित ५ वटा सेक्स आसनको अध्ययन गरेका थिए । उनीहरुले पुरुषको ढाडमा पर्ने दबाबमा आधारित रहेर एउटा निर्देशिका नै तयार पारेका छन्, जसले सेक्सका क्रममा अपनाइनुपर्ने आसनका बारेमा सुझाव दिइएको छ ।
अनुसन्धानकर्ताहरुले ढाडको समस्या भएकाहरुले परम्परागत ‘स्पूनिङ’ शैलीभन्दा ‘डग्गी स्टाइल’ को शैली अपनाउन सुझाव दिएका छन् । मेरुदण्डको सहायताले धक्का दिने शैलीभन्दा हिपको सहायताले सेक्स गर्ने शैली ठीक हुने वैज्ञानिकहरुको भनाई छ । -Source: http://swasthyakhabar.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers