तपाइको सास गन्हाउछ ? अब २ दिनमै चट्

मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् । प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ । तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ । यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् । ती हुन् :

१.सुकमेल : भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् ।तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ ।

२. धनियाको पात : भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ ।

३.ल्वाङ : वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ ।

४. पदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ ।

५.सौँफ : यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ ।

६.अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers