माछासँग सुत्ने हो ? अफ्रिकामा खुल्यो समुद्रमुनि होटेल

समुद्रको पानीमुनि माछा पौडिएको हेर्दै सुत्ने चाहना कसको हुँदैन र ? यहीँ चाहनालाई मूर्तरुप दिँदै अपि|mका महादेशको तान्जानियामा समुद्रमुनिको होटल संचालनमा आएको छ ।
अफ्रिकाको पहिलो अण्डरवाटर होटल तान्जानियाको जंजिबारस्थित दुर्गम पेम्बा टापु क्षेत्रमा खुलेको हो ।
तिनतले यो होटलको भान्साकोठा तथा उपल्लो तला पानी माथि भएपनि सुत्नेकोठा भने पूरै पानी मुनि डुबेको छ ।
त्यसैले बेडरुममा मज्जाले सुतेर सिसायुक्त झ्यालबाट सामुदि्रक जिवनको विहंगम दृश्य अवलोकन गर्न सकिन्छ ।
दी मन्टा रिसोर्ट नाम दिइएको यो होटेलको तल्लो तला समुद्रको ४ मिटर तलसम्म डुबेको छ ।
यो होटलमा एक रात बिताउनका लागि ९ सय डलर तिर्नुपर्छ । यदि जोडी बनेर जाने हो भने १५ सय डलर तिरेर रातभर समुद्रका माछाले जोडी बाँधेको सुतेरै अवलोकन गर्न पाइन्छ ।
जंजिबारमा खुलेको यो जलगत होटल विश्वको दोश्रो अण्डरवाटर होटल हो ।
यो होटल स्विडिस कलाकार माइकेल गेनबर्गले गरेका हुन् । जसले विश्वको पहिलो अण्डरवाटर होटल समेत बनाएका थिए । विश्वको पहिलो पानीमुनिको होटल स्विडेनको एक तलाउमा रहेको छ ।
(भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला)
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers