आजको राशिफल वि.सं. २०७१ पौष ०४ गते शुक्रबार

आजको व्रत/पर्व : प्रदोष व्रत,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), ऋण लिनेदिने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी मामिलामा समय दिन नसक्नाले केही धमिलोपन आउन सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मन उदास हुने संकेत देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा पटक्कै ध्यान केन्दित हुन सक्दैन । तर दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्ने छ । रिसको कारणले असर पुर्याउने सम्भावना छ । जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
आज नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर आएको छ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर नपर्नुहोला, सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
खर्च गर्न मन हौसिने योग छ तर प्रतिफल राम्रो नआउन सक्छ, सचेत हुनुहोस् । पारिवारिक झैझमेलाले सताउन सक्छ । मातापिता वा अभिभावकवर्गसँगको सम्बन्ध टाढिने सम्भावना समेत छ । सामाजिक क्षेत्रमा तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त हुन गाह्रो छ । तपाईंका असन्तुष्टि बढ्ने छन् । अधुरा कामहरू पूरा हुन सक्दैनन् । स्वास्थ्यपक्षको समस्या यथावत् रहने छ । धार्मिक, आध्यात्मिक र सामाजिक काममा मन जाने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
मना अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी, पशुपालन र कृषिव्यवसायमा सफलता भए पनि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासमा मन केन्द्रित हुनेछ । पारिवारिक रमझममा धनखर्च हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
शुभ कुराको सङ्केत मिल्नेछ । परोपकार र धार्मिक क्रियाकलापमा धन खर्च हुनेछ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने सम्भावना छ । सामान्य कुरामा समेत विवाद उत्पन्न हुन सक्छ । चिन्तनमूलक र बौद्धिक काममा मन जानेछ । प्रेममा र प्रणयसम्बन्धमा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेहरुले आज विरहभाव प्रकट गर्नेछन् । व्यापार गर्नेले अकल्पनीय हानि ब्यहोर्नु पर्ने हुनसक्छ, लगानीका क्रममा सचेत रहनुहोला । कर्मचारीले व्यर्थमा विवाद गर्नुपर्छ । विद्यार्थीहरु मनोरञ्जनमा भुलिनाले दीर्घकालिक असर पर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो हुँदैन । तपाईंको परिश्रम खेर जान सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers