जाडोमा ओठ जोगाउने घरेलु उपाय: जानी राखौ

जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । त्यसैले फुट्छ ।

जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ यसले गर्दा अझ बढी फुट्छ । ओठ फुट्नबाट जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्कने ।othjogauneराति सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्न कम हुन्छ । सुत्ने वेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्दा पनि हुन्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा पनि ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् ।

त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ । ओठ फुट्दा धेरैले बारम्बार जिब्रोले चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुक्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छालावरिपरि कालो हुन जान्छ । त्यसैले ओठ फुटेको छ भने जिब्रोले नचलाउनुहोस् !स्रोत :स्वस्थ्य संसार
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers