सर्दीमा गाजरको सेवन लाभदायक

गाजरमा पाइने कयौं पोषक तत्व हाम्रो शरीरका लागी निकै लाभकारी हुन्छ । गाजरमा भिटामिन सी भरपूर मात्रामा पाइन्छ । तपाइँ यदि नियमित रूपमा गाजरको प्रयोग गर्नुहुन्छ भने यसले तपाइँको शरीरको रोग प्रतिरोधात्मक क्षमतालाइ बढाउँदछन । सर्दीमा गाजर निकै मात्रामा उपलब्ध हुन्छ, यसैले यसको जति धेरै सकिन्छ त्यति उपयोग गर्नु राम्रो हुन्छ ।

सर्दीमा गाजरको हलुवा, सब्जि वा सलादको रूपमा गाजरलाइ खाने गरिन्छ । स्वादिष्ट हुनु बाहेक गाजरले तपाइँको स्वास्थ्यको पनि निकै ध्यान राख्दछ । रगतको कमी होस वा आंखहरूको प्रकाश धमिलो होस, गाजरले यी सबैका लागी निकै फाइदा पुर्याउँदछ ।

गाजरमा भिटामिन सी भरपूर मात्रामा पाइन्छ, जसले स्किनलाइ पोषण दिने गर्दछ र ड्राई स्किनबाट मानिसहरूलाइ राहत दिन्छ । यसका साथै गाजरको जुस पिउनाले अनुहारको दाग-धब्बा टाढा भाग्दछ । दागहरूबाट मुक्ति पाउनका लागी गाजरलाइ पिसेर पनि लगाउन सकिन्छ ।

गाजर आंखाका लागी निकै फाइदाजनक हुन्छ । यसमा प्रचुर मात्रामा बिटा क्यारोटीन पाइन्छ, जुन भिटामिन ए मा परिवर्तन हुन्छ । यो बिटा क्यारोटीनले आंखाको प्रकाशलाइ बढाउँदछ । र मोतियाबिन्दु, रतन्धो जस्ता आंखासंग सम्बन्धित समस्याहरूबाट मानिसहरूलाइ जोगाउँदछ ।

गाजरमा एन्टीअक्सीडेन्ट पाइन्छ, जसले मुटुलाइ एक सुरक्षाको कवच बनाउँदछ । अनुसन्धान अनुसार गाजरको सेवनले मुटुको रोगको जोखिम कम हुन थाल्दछ । गाजर पोषक तत्वहरू, एन्टीअक्सीडेन्ट र भिटामिन सी ले भरपूर हुने हुँदा, जसले तपाइँको इम्यून सिस्टमलाइ बलियो बनाउँदछ । दैनिक गाजरको सेवनले यसले तपाइँको शरीरमा एक सुरक्षा कवच बनाउने कुरा अनुसन्धानहरूले देखाएको छ ।

अब तपाइँ पनि गाजरको नियमित सेवन गर्न थाल्ने हैन त ?
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers