अर्घाखाँचीका गाउँ गाउँमा ईमेल ईन्टरनेट सुविधा

अर्घाखाँची - दुई वर्ष अगाडी सम्म ईमेल ईन्टरनेटका बारेमा सामन्य जानाकारी नभएको अर्घाखाँची बासिन्दाहरले सुचना प्रविधिको विकास संग सगै जिल्लाका सबै गाविसका टोलटोल सम्म ईमेल ईन्टरनेटमा रमाउन पाउन खुसीले गदगद भएका छन् ।
 
रोजगारीको लागी विदेशीएका आफन्तहरु संग चिठीको माध्यमबाट महिनौमा आफना दु ख सुख साट्दै आएको यहाँ स्थानीय बासिन्दा अहिले इमेल ईन्टरनेटको प्रयोग गरी घरघरमा बसेर सुविधा लिन पाउदाँ दङ्ग परेका छन् ।
 
ईमेल ईन्टरबाट सस्तो आवश्यक रहेको जानाकारी लिनच्याट गर्न सकिने भएपछि शहरी क्षेत्रमा मात्र नभई ग्रामीण ईलाकामा झनै लोकपि्रय बन्दै गएको छ । सर्वसाधारणले आफन्त संग ईमेल ईन्टरनेटमा कुरा गर्न थालेपछि हुलाक मार्फत पठाईनेका सख्या निकै न्युन हुन थालेको छ । प्रविधीको विकास कै कारण गर्दा होला अहिले हुलाकमा पहिलोको तुलाना झन्डै तेव्बर नै कमी आएको छ भन्नुहुन्छ-हुलाक कार्यालयका एक कर्मचारी डवल प्रसाद भुसाल । ईमेल ईन्टरनेटले ग्रामिण ईलाका महिलाहरु सन्चो विसच्चो देखी आर्थीक कारोवारको कुरा समेत गर्ने माध्यम बनेको नेट प्रविधि ।
 
विदेशमा रहेका आफना श्रीमान संग दिनहुं च्याटमा भेट हुन्छसरिता आर्चाय भन्छिन्चिठीफोन भन्दा पनि आफनो मान्छेको अनुहार हेरेर कुरा गर्न पाउदाँ आफुले दैनिक १ घण्टा यो नयाँ प्रविधीका लागी छुट्टाएको बताउनुहुन्छ । आफनो श्रीमान संगमात्र नभएर सेकेन्ड सेकेन्डमा विश्वमा के भईरहेको छ भनेर हेर्न पाईने हुदाँ घरको सबै काम भ्याई एक घण्टा साईवरलाई समय दिएको बताउदै एक दिन साईवर गईएन भने त त्यो दिन के विराए जस्तो लाग्छ भन्छिन् उनी ।
 
आर्चाय मात्र होईन् लौराको साहारामा बुढाबुढी समेत समुन्द्र पारी रहेका छोराछोरी संग कुरा गर्न जान थालेका छन् । ईमेल ईन्टरनटको प्रयोग शिक्षक विद्यार्थी पत्रकार कर्मचारी मजरदुले सबैभन्दा वढि ईन्टरनेट प्रयोग गर्न थालेको साईवर व्यबसायीहरु बताउन्छन् । ईन्टरनेट सबैभन्दा सजिलो उपाय भएकाले सबैले प्रयोग गरेको हुन सक्ने व्यबसायीहरुको भनाई रहेको छ । अहिले ग्रामीण ईलाका विद्यालयहरुसहरी क्षेत्रका विद्यालयहरुमा पनि कम्त्युटर शिक्षा अनिवार्य जस्तो हुन थालेको छ । नयाँ प्रविधिको विकास संगै कम्त्युटर शिक्षा अनिवार्य भईसकेको छ भन्नुहुन्छ-श्री शान्ति उच्च मावी बाँगीका प्रार्चाय मान बहादुर पाण्डे । ईमेल ईन्टरनेटका कारण अध्यापनमा पनि सघाउ पुग्ने भएकाले पनि यो प्रविधि अहिले विकसित हुदै गएको उहाको ठम्माई छ ।
 
सेवाग्रागीहरुको चाप बढ्न थालेपछि अहिले जिल्लामा साईवरको सख्यामा समेत बृद्दी हुन थालेको छ । कम्त्युटर एसोसिएसन अफ नेपाल अर्घाखाँची शाखाका अनुसार अहिले सदरमुकाममा मात्रै झन्डै सत्र साइृवर क्याफी साचालनमा आएका छन् । नेपाल सरकारका सबै सरकारी कार्यालयहरु अधिकाशं घरहरुमा ईमेल ईन्टरनेट जडान भएका छन् । नेपाल टेलीकमको स्काई मोवाईलको रिम र मेरो मोवाईलको सिममा पनि ईन्टरनेट साचालन गर्ने सुविधा भएपछि गाउगाउका कम्प्युटर ई_िन्स्टच्युट र घरघरमा ईन्टरनेट साचालन गर्न सजिलो भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।
 
सन्धिखर्क स्थित खनाल कम्युनीकेसनका सचालन दिपक खनाल भन्छन्-ईमेल ईन्टरनेटका सुविधा लिन दैनिक ५० देखी १०० सम्म ग्राहक आउने गरेको बताउन्छन् । ईमेल प्रयोग गरे वापत प्रति घण्टाको ४० रुपैया लिने गरेको उहाँको भनाई छ ।
ADD HERE

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers