अर्जेन्टिना २४ वर्षपछि फाईनलमा


काठमाडौं, असार २६ - अर्जेन्टिना चौबिस वर्षपछि विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
पेनाल्टी शुटआउटमा नेदरल्याण्ड्सलाई ४–२ ले हराउँदै अर्जेन्टिनाले फाईनलमा जर्मनीसँगको भेट पक्का गरेको हो ।
उपाधिका लागि अर्जेन्टिना र जर्मनीबीच आईतवार राति भीडन्त हुनेछ । दुई टीमबीच २४ वर्षपछि फाईनलमा भेट हुन लागेको हो । सन् १९९० मा अर्जेन्टिनालाई शून्यका विरुद्ध एक गोलले हराउँदै जर्मनीले उपाधि जितेको थियो ।
बिहीबार विहान भएको खेलमा नेदरल्याण्डलाई हराएर अर्जेन्टिनालाई फाईनलमा पुर्‍याउन गोलकिपर सर्जियो रोमेरोले नायकको भूमिका खेले । डच टोलीका रोन भ्लार र वेस्ली स्नाईडरको पेनाल्टी रोके । उनले पहिलो पेनाल्टी प्रहार गर्न आएका भ्लारको प्रहार रोकेर डच टोलीलाई सुरुमै दबाबमा पारे । चौथो पेनाल्टी प्रहार गर्न आएका  मेक्सी रोड्रिगेजको प्रहार गोल पोष्टमा छिर्ने वित्तिकै अर्जेन्टिना स्वतन्त्रता दिवसकै दिन फाईनल प्रवेश गर्‍यो । यो विश्वकपमा खासै परीक्षामा नपरेका अर्जेन्टिनी कीपर रोमेरोले निर्णायक बेलामा टीमका लागि निकै महत्वपूर्ण र बिर्सनै नसकिने भूमिका खेले ।  रोमेरोलाई टीममा सामेल गर्दा प्रशिक्षक अलेक्सान्द्रो सावेलाको आलोचना भएको पनि थियो । तर नेदरल्याण्ड विरुद्धको खेलमा गरेको प्रदर्शनले आलोचकहरुको मुखमा पनि बुझो लागेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मीनेट भित्रै दुवै टीमले गोल गर्न नसकेको खेलमा रोमेरोले डच टोलीका केही प्रहार उत्कृष्ट ढंगले बचाउ गरेका थिए । तुलनात्मक रुपमा अर्जेन्टिनी डिफेन्सले राम्रो खेलेको थियो । एञ्जेल डि मारिया विनै मैदान उत्रेको अर्जेन्टिनाका लागि पे्रज र मास्चिरानोले उत्कृष्ट प्रदर्शन गरे । दोस्रो हाफपछि खेलमा पूर्ण रुपमा हावी भएको नेदरल्याण्ड्सले पनि निर्धारित र अतिरिक्त समयमा पाएका अवसरको सदूपयोग गर्न सकेन् । ५४ प्रतिशत बल होल्ड गरेको नेदरल्याण्ड्सले प्राप्त मौका सदुपयोग गर्न नसक्दा उत्कृष्ट प्रदर्शनका बाबजुद फेरि एक पटक निराश हुँदै घर फर्क्यो । ७४ औं मिनेटमा गोञ्जालो हिग्वीनले वान टचमा बललाई पोष्टमा पुर्‍याए पनि उनी डच टोलीको अफ साईड ट्रयापमा परेका थिए । अतिरिक्त समयमा डच टोलीका आर्जेन रोविन र अर्जेन्टिनाका प्लासियो र अग्वीराले प्राप्त मौका खेर फालेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियो ।
Source:

http://ujyaaloonline.com/
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers