९ जनाको एकै साथ कृया नसकीदै फेरी अर्को मृत्यु

प्रेम सुनार गुल्मी, असार २५ ।- गुल्मीको अग्लुङ्गमा एकै परिवारका ९ जनाको कृया क्रम सकिन नपाउँदै सोही परिवारका फेरी अर्का सदस्यको मृत्यु भएको छ । गत असार ५ गते गुल्मीको अग्लुङ्ग ८, निपानेका भविलाल कुँवरको पहिरोले घर बगाउँदा उनि सहित परिवारका ९ सदस्यको मृत्यु भएको थियो । प्रबासमा रहेर बाँचेका दुई छोरा छविलाल र लोकबहादुर घर आई एकै साथ ९ जनाको क्रया बसेका थिए । हिन्दु परम्परा अनुसार १३ दिनको क्रिया क्रमको ९ दिनका दिन कान्छी आमाको मृत्यु भए पछि उनिहरु लामो क्रियामा परेको हुन् ।
उक्त दिन गएको पहिरोले ७० वर्षिय भविलाल, ६५ वर्षिय उनकी श्रीमति चेती कुँवर, ४० वर्षिया बुहारी सिता, उनका १३ वर्षिय छोरा चेतमान, ८ वर्षिया छोरी विन्दु, ५ वर्षिया छोरी हरिकला, २ वर्षिया छोरी विपना , कान्छो छोराकी ५ वर्षिया छोरी हिमा, माईती बस्न आएकी ४० वर्षिा जेठी छोरी जुठी विष्टको ज्यान गएको थियो । दुबै भाई मध्य एक कतार र एर्का भारतको मजदुरीमा घरबाट हिडेको दुई महिना पुग्न नपाउँदै घरमा त्यति ठुलो विपत्ती आई पुगेको थियो । क्रिया क्रम सकेर घरवासको व्यवस्था गर्नु पर्ने बेलामा फेरी कन्छी आमाको क्रिया क्रममा परेका ति दुई भाईको यति ठुलो विपत्ती पर्दा पनि राज्यको माथील्लो निकायले राहत कार्यक्रम दिन सकेको छैन् । गुल्मीकी सभाषद सिर्जना तरामुले संसदमा कुरा उठाए पनि सुनुवाई हुन कसकेको बताईएको छ । उनिहरुको घर बासै छैन र घर खाने जमिन समेत बगाएको छ । उनिहरु सहित अग्लुङ्गका अन्य ५ वटा घरहरु पहिरोका कारण विपत्तीमा परेका छन् । छविलाल र लोकबहादुरले सवै संग सहयोगको अपिल गरेका छन् । source : http://hamrogulminews.com/
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers